दफा २८
कोषको संचालक, प्रशासक र अन्य कर्मचारी उपर प्रतिबन्ध
कोषको संचालक, प्रशासक तथा अन्य कर्मचारीहरूले कोषसंग ठेक्का पट्टा लिन वा त्यस्तो ठेक्का पट्टामा साझेदार हुन पाउने  छैन । स्पष्टीकरणः देहायको अवस्थामा उपरोक्त पदाधिकारी तथा कर्मचारीहरू ठेक्का पट्टामा साझेदार भएको मानिनेछः– (क) कोषसंग कुनै ठेक्का पट्टामा निजको आफ्नै तर्फबाट वा आफू मेनेजिङ डाइरेक्टर वा एजेन्ट रहेको कम्पनीको तर्फबाट निजको नाम साझेदारको रूपमा सम्मिलित भएकोमा, वा (ख) कोषसँग हुने ठेक्का पट्टाको साझेदार भएको कुनै फर्म वा प्राईभेट लिमिटेड कम्पनीमा निज शेयर होल्डार भई राखेकोमा ।